Swornakshar Logo

इथियोपिया विमान दुर्घटनाः दुई मिनेट ढिला हुँदा फ्लाइट छुट्यो, ज्यान बचेपछि लेखे – म भाग्यमानी

एजेन्सी
२७ फागुन । अदिस अबाबा । इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा १ सय ५७ जनाको मृत्यु भएको छ,तर त्यहि विमानमा टिकट काटेका एक जना व्यक्ति भने बाँच्न सफल भएका छनु । उक्त विमानमा ३५ देशका नागरिक सवार थिए ।

बाच्ने भाग्यमानी हुन ग्रीसका एन्टोनिया मावरोपोउलोस । उनी दुई मिनेटले गर्दा भाग्यमानी साबित भए । दई मिनेट ढिला भएको कारण उनी प्रस्थान कक्षसम्म जान पाएनन् र फ्लाइट छुट्यो । उनी बाचे ।
उनी आफै ढीला हुदा पनि भित्र जाने विषयमा सुरक्षा गार्डसँग विवाद गरे । तरपनि भित्र जान पाएनन् । जब विमान दुर्घटना भएको खबर आयो उनले फेसबुकमा लेखे ‘आज मेरो भाग्यशाली दिन थियो ।’

एथेन्स न्यूज एजेन्सीका अनुसार एन्टोनिस एक गैर सरकारी संस्था इन्टरनेशनल सलिड वेस्ट म्यानेजमेन्टका अध्यक्ष हुन् । उनलाई नैरोबीमा संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रममा जानु थियो । यसका लागि उनले आइतबारको इटी ३०२ फ्लाइट बुक गरेका थिए ।

यद्यपि, विमानस्थल पुगेर पनि प्रस्थान कक्षसम्म पुग्न उनी दुई मिनेट ढिलो भए । जसको कारण उनी विमानमा उड्न पाएनन् ।

फेसबुक पोष्टमा एन्टोनिसले लेखेका छन् – शुरुमा म निकै आक्रोशित थिए किनभने प्रस्थानकक्षसम्म पुग्न कसैले मलाई मद्दत गरेनन् ।

उनले पोष्टमा टिकटको फोटो राख्दै लेखेका छन्, ‘आज मेरो भाग्यशाली दिन थियो ।’

एन्टोनिसले विमान छुटेपछि कार्यक्रममा जान अर्को विमानमा टिकट बुक गरेका थिए । तर, सुरक्षाकर्मीले उनलाई विमानस्थलको प्रहरी कार्यालय लगे र विमान दुर्घटना भएको जानकारी दिए ।

त्यसपछि प्रहरीले एन्टोनिससँग सोधपुछ पनि गरेका थिए किनभने यात्रुहरु मध्यै एन्टोनिसको मात्र एक्ला यात्रु थिए जसको फ्लाइट छुटेको थियो । फ्लाइट छुटेको कारण बाँच्न सफल भएका थिए ।