२ नं प्रदेशमा नेकपा ठूलो पार्टी बन्छः प्रचण्ड
फोटो अध्यक्षद्धयको सचिवालय
२५ फागुन । रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं.प्रदेशमा आउदो निर्वाचनमा नेकपाले दुईतिहाई मात्र होइन ८० प्रतिशत मत प्राप्त गरेर ठूलो पार्टी बन्ने दावी गरे ।
नेपाल कम्युनिष्ट पार्टी २ नं.प्रदेशले रौतहटको गरुडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा २ नं. प्रदेशको सबैभन्दा ठूलो पार्टी भएको कुरा नबिर्सिन पनि पार्टी कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा उनले राजतन्त्र र सामन्तवादविरुद्ध किशान आन्दोलन रौतहटबाटै सुरुआत भएको पनि सम्झना गरे । कम्युुनिष्ट पार्टीको अगुआयीमा राजतन्त्रको अन्त, नयाँ संविधानको निर्माण र संघीयतासहित देशमा स्थानिय तह बनेको बताए ।
अगामी ४ बर्षभित्र देशको कायापलट हुने र १० बर्षभित्र नयाँ नेपाल बन्ने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे । कम्युनिष्ट पार्टीको माथिल्लो तह यसअघि नै एकीकरण भइसकेको र केही समयभित्रै सम्पूर्ण तल्ला तह एकीकरण हुने उनले जानकारी गराए ।
त्यस्तै कार्यक्रममा पूुर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले देशमा दुुई कम्युुष्टि पार्टी मिलेर एक भएको अवस्थामा वर्तमान सरकार जातपातको आधारमा नभई जनताको अभिमत अनुसार विकासको काममा लागिरहेको बताए ।
नेता नेपालले अन्य केही दल देश लुट्ने र कम्युनिष्ट पार्टी देश बनाउने जिम्मा लिएर अघि बढिरहेको जिकिर गरे । स्थानीय निर्वाचनमा सातसय ५३ स्थानीय तहमध्ये नेकपाले ४ सय स्थानीयमा जितेर देश विकासको जिम्मा लिएको नेता नेपालले बताए ।
प्रदेश २ मा पनि नेकपाको बहुमत रहेपनि केही समयका लागि प्रदेशको विकास गर्न अन्य दललाई जिम्मा दिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: