Swornakshar Logo

लागू औषध अफिम सहित एक जना पक्राउ

२१ फागुन । हेटौडा । लागू औषध अफिम सहित मकवानपुरको राक्सिराङ गाउपालिका ४ का ४९ बर्षिय भक्तबहादुर ब्लोनलाई पक्राउ गरेको छ। भक्तबहादुरलाई प्रहरीले घर बाटै पक्राउ गरेको प्रहरी नायब उपक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । सोमबार बिहान ४ बजेर २० मिनेटको समयमा प्रहरी निरिक्षक पवनकुमार झाको नेतृत्वको विशेष टोलिले ३ नम्बर प्रदेश प्रहरी कार्यलयको सुचनाको आधारमा भक्तबहादुरको घरमा गाँजा रहेको जानकारी अनुसार प्रहरीले टोली खटाएको थियो ।
मंगलबार जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलन गरेर मकवानपुर प्रहरीले गाँजा बरामद नभएको उल्लेख गर्दै अफिम मात्र बरामद भएको जनाएको छ। भक्तबहादुरलाई लागू औषध नियन्त्रण एैन २०३३ वमोजिम १५ बर्ष देखि जन्म कैद र पाँच लाख देखि २५ लाख रूपैयाँ सम्म जरिवाना हुन सक्ने कानुनि व्यवस्था छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।