Bagmati Samachar Logo

किसान महासंघ (क्रान्तिकारी)का संयोजक कार्की गिरफ्तार

२१ फागुन । काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको कोठाबाट सादा र बर्दीधारी प्रहरीले गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले बताएको छ ।