Swornakshar Logo

पक्राउ परेका पाइलटका छोरालाई पाकिस्तानी सेनाको मन छुने पत्र

हाइ लिटिल बन्नी
बधाइ छ ।
तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमी कहाँ उपहारको रुपमा पठाउँदैछौं,यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए ।
बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ ।
जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू ।
उनीसँग सोध्नू
१.ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ?
उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए ?
उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ ?
उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ ? घृणा कि माया ?

उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ ?
म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु ।
खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितासँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनू ।