बालाकोट आक्रमणस् जैश–ए–मोहम्मदका वरिष्ठ कमाण्डर मारिएको भारतको दाबी
१४ फागुन । काठमाडौं । भारतले भारत पाकिस्तानी सीमाको नियन्त्रण रेखा पार गर्दै आतंकवादी संगठन जैश–ए–मोहम्मदको अखडामा आक्रमण गरेको स्वीकार गरेको छ ।
मंगलबार विहान पाकिस्तानी सेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा (एलओसी) उल्लंघन गरेर भारतीय वायुसेनाले घुसपैठ गर्न खोजेको बताएको थियो । जवाफमा तुरुन्त कारवाही गरेपछि भाग्ने क्रममा केही बम खसालेको तर, कुनै मानवीय क्षति नभएको पाकिस्तानी सेनाले दाबी गरेको थियो ।
लगत्तै भारतीय वायुसेनाका अधिकारीहरुले बालाकोटमा आक्रमण गरेको स्वीकार गरेका थिए ।
मंगलबार मध्यान्ह भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले वायुसेनाले जैशको सबैभन्दा ठूलो तालिम केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको बताएका छन् ।
उनले भने, ‘विश्वसनीय सूचना पाएका थियौ कि जैश–ए–मोहम्मद देशको दोस्रो ठाउँमा आत्मघाती आक्रमणको तयारी गरिरहेका थिए । सम्भावित आक्रमणलाई रोक्न जवाफी कारबाही जरुरी थियो ।’
कारबाहीमा जैशका चरमपन्थी, प्रशिक्षक र वरिष्ठ कमाण्डर मारिएको उनले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: