Swornakshar Logo

नख्खु एनसेल टावरनजिकै बम विस्फोट, तीन जना घाइते एकको अवस्था गम्भीर

१० फागुन । काठमाडौं । ललितपुर नक्खुमा बम विस्फोट भएको छ। ललितपुर प्रहरी परिसरका अनुसार नख्खुमा रहेको एनसेलको टावर नजिकविस्फोट भएको छ ।
ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकका अनुसार ८ बजेतिर भएको विस्फोटमा एक जना घाइतेको अवस्था गम्भीर रहेको र अन्य तीनजना घाइते भएका छन। घाइते हुनेमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले बताए । उनीहरूको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
विस्फोट कसले गराएको भन्ने पनि नखुलेको प्रहरीले बताएको छ। एसएसपी धानुकले विस्फोट गराउने व्यक्ति वा समूह के हो भन्ने एकिन नभएको बताए। उनले घटनाले अनुसन्धान शुरु गरिरहेको बताए। अहिले उक्त स्थानमा प्रहरी परिचालन भएको र विस्तृत विवरण आउन बाँकी रहेको परिसरले बताएको छ ।