Swornakshar Logo

भारतको काश्मिरमा भएको आक्रमणमा, हामीलाई यत्तिकै आरोप नलगाउःपाकिस्तान

                                                                                                                                                                             Photo: Reuters

एजेन्सी
३ फागुन । काठमाडौं । बिहिबार भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणबारे पाकिस्तानले प्रतिक्रिया दिँदै आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ ।
पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको सम्बन्ध पाकिस्तानसँग भएको बताउने भारतीय मिडिया र सरकारको कुनै पनि आरोप खारेज गर्छौं ।’

भारतीय मिडियाले जम्मू काश्मिरमा अहिलेसम्म भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला बताएको छ । प्रहरीले बीबीसीलाई जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवानहरु बोकेको बससँग ठोक्काइँदा कम्तीमा ४२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
पाकिस्तानस्थित इस्लामिक समूह जैश–ए–मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ । भारतले पाकिस्तानको कडा आलोचना गर्दै चरमपन्थी समूहलाई सहयोग गर्न बन्द गर्न र उनीहरुको जमिनबाट चलिरहेको चरमपन्थी संगठनलाई नष्ट गर्न माग गरेको छ । यद्यपी, पाकिस्तानले यी आरोपको ठाडो अस्विकार गर्दै पुलवामा हमलामा आफ्नो कुनै लेनदेन नभएको बताएको छ ।
पाकिस्तानको तर्फबाट जारी बयानमा भनिएको छ, ‘संसारको कुनै पनि भागमा भएको हिंसाको पाकिस्तानले सधैं निन्दा गरेको छ । हामी कुनै अनुसन्धान बिना हमलाको सम्बन्ध पाकिस्तानसँग भएको भारतीय मिडिया र सरकारको कुनै पनि आक्षेप खारेज गर्छौं ।’