Swornakshar Logo

अमेरिकाद्धारा लोकतन्त्रमाथि प्रहारः श्रेष्ठ

१७ माघ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुयलामाथि मात्र हस्तक्षेप नभएर लोकतन्त्रमाथि नै हस्तक्षेप गरिरहेको बताएका छन् ।

अहिले अमेरिकाले भेनेजुयलामाथि गरेको हस्तक्षेप लोकतन्त्र विरुद्ध भएको उनको जिकिर छ । आज राजधानीमा भएको भेनेजुयलासंग ऐक्यबद्धताको अन्र्तक्रियामा श्रेष्ठले भने ‘हामी सबै भौगोलि अखण्डता, सार्वभौमिक राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप गर्छ भने हामी त्यसको विरोध गछौ ।’

प्रवक्ता श्रेष्ठले अहिले भेनेजुयला माथि भइरहेको हस्तक्षेप विचारधारामाथिको पनि हमला भएको भन्दै भेनेजुयला तेस्रो चरणको समाजवादको अभ्यास गरिरहेको बताए । यो हस्तक्षेप अहिले मात्र नभएर पुरानैको निरन्तरता भएको पनि नेता श्रेष्ठको भनाई छ ।

अमेरिकाले सधै युद्ध र अस्थिरता चाहाने भन्दै नेता श्रेष्ठले नेपाल कहिलेपनि युद्ध र अस्थिरता पक्षमा उभिन नसक्ने बताए ।