Swornakshar Logo

लहानमा बस दुर्घटना, ३१ यात्रु घाइते

११ माघ । सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हामा यात्रु बाहक बस दुर्घटना हुदा ३१ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
राजविराजबाट जनकपुतर्फ आउँदै गरेको ना ५ ख २५८८ नम्बरको यात्रु बाहक बसका चालकले नियन्त्रण गुमाउँदा धनुषा नगराइन नगरपालिकाका ४५ वर्षीय रामप्रताप राउत र विरगञ्ज उपमहानगरपालिकाका दिपराज यादव गम्भीर घाइते भएका हुन्।उनीहरुलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका इन्सपेक्टर मिलन बस्नेतले बताए। बाँकी घाइतेहरुको कर्जन्हा स्थित फूलकुमार मेमोरियल अस्पताल, मिर्चैया स्थित विभिन्न नर्सिङ होम र क्लिनिकहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ।