Swornakshar Logo

जापानले नेपाली कामदार लिने

जापानमा कामगर्ने विदेशी कामदार

१० पुस । कठमाडैं ।   जापानले नेपाली कामदार लैजाने भएको छ । नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियासँग कामदार लिने जानकारी दिएको छ।

विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो। जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको छ। मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको गरेको छ ।

जापानले विदेशी कामदारको सहयोगका लागि मुख्य सहर बाहिरका स्थानहरूमा एक सय वटा बहुसांस्कृतिक केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ। यस्ता केन्द्रहरूमा प्रहरी, इमर्जेन्सी सेवासमेत उपलब्ध हुने र बच्चा हेरचाह केन्द्रसमेत बनाउने तयारी छ।