Swornakshar Logo

सुनुवाइ समितिबाट चार देशका प्रस्तावित राजदूत अनुमोदन

२३ मंसिर । काठमाडौं । आइतबार बसेको संसदीय सुनुवाइ समितिले चार देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।
समितिले भारतका लागि निलाम्बर आचार्य, मलेशियाका लागि उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम सर्वसहमतिले अनुमोदन गरेको सांसद पुष्पा भुसालले बताइन।

मन्त्रिपरिषदले सिफारिस गरेका चारैजना प्रस्तावित राजदूतसँग समितिले आइतबार उनीहरुको योग्यता, क्षमता, अभिरुचि र राजदूत भएपछि गर्ने कामको खाकाबारे जानकारी लिएको थियो ।

सुनुवाइका क्रममा चारै जनाले समिति समक्ष चित्त बुझ्दो रुपमा कार्ययोजना प्रस्तुत गरेकाले अनुमोदन गरिएको कांग्रेसका तर्फबाट समितिमा रहेकी सांसद पुष्पा भुसालले जानकारी दिइन् ।

कात्तिक २४ गतेको मन्त्रिपरिषदले चारै जनालाई रादूतमा सिफारिस गर्ने निर्णय गरेको थियो। सुनुवाइ समिति अनुमोदन गरेपछि सरकारले राजदूतहरुको एग्रीमोका लागि सम्बन्धित देशलाई आग्रह गर्नेछ । एग्रिमो आएपछि राजदूतका रुपमा काम गर्ने बाटो खुल्नेछ।