Swornakshar Logo

तीन तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्छः प्रम ओली

२३ मंसिर । काठमाडौं ।  प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताएका छन् ।

अन्तर प्रदेश परिषदको दोस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “मूख्य मन्त्रीको कार्यलय,प्रदेश मन्त्रीको कार्यलय,आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्” प्रधानमन्त्री ओलीले भने “अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुष गरेका हौंला ।

खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघियता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।

संघ,प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड छ । आजको बैठकमा प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राई,प्रदेश नं २ का मूख्यमन्त्री लालबाबु राउत,प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्ना धारणा राखेका थिए । ।

बाँकी तीनवटा प्रदेशका मूख्यमन्त्रीहरुले भोलीको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठक भोली १० बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा संघीयता कार्यन्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामहरुका विषयमा प्रधानमन्त्री कार्यलय,गृह मन्त्रालय,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिबहरुले जानकारी गराएका थिए ।