Swornakshar Logo

प्रदेश सभा उम्मेदारको गोली हानी हत्या

८ मंसिर । कपिलवस्तु । कपिलवस्तुमा प्रदेश सभाको उम्मेदारको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए ।

उनलाई घर नजिकैको सडकमा अज्ञात समुहले गोली हानेर घाइते बनाएको थियो । उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए । घटनास्थलमा गोलीका ४ वटा खोका भेटिएको थियो ।