Swornakshar Logo

दुई महिनाभित्र नेविसंघको महाधिवेशन गर्न कठिनः कोईराला

३ मंसिर ।

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेविसंघको म्याद दुई महिना थप्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । २ महिना भित्र नेविसंघको महाधिवेशन गराउन गाह्रो रहेको उनको निष्कर्ष छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरु कुरा गर्दै महामन्त्री कोइरालाले आफू नेविसंघलाई महाधिवेशन गर्न ६ महिना दिने पक्षमा रहेको बताए ।

आइतबार कांग्रेसले नेविसंघको विधान संशोधन गर्दै वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरेको थियो । फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको तर्क छ ।

महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक सार्न नहुने धारणा राखे । आगामी मंसिर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ । महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए ।