पूर्वप्रधानमन्त्रीकी श्रीमतीमाथि नयाँ अभियोग

३० कार्तिक । काठमाडौं । क्वालालमपुर मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ ।
उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको छ ।
नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ । त्यस बाहेक अन्य तत्कालीन अधिकारीहरूलाई पनि विभिन्न अभियोग लगाइएको छ ।
कतिपयलाई दण्ड सजायको फैसला भइसकेको छ भने कतिपयको अनुसन्धान भइरहेको छ । पूर्वप्रधानमन्त्री नाजिबलाई मात्रै ३८ वटा मुद्दा लगाइएको छ । सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्: