Swornakshar Logo

इन्डोनेशियामा १८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो

१२ कार्तिक ।
जाकार्ता । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेशियाको आयन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ जाकर्ताबाट उड्ने बित्तिकै समुन्द्ररमा खसेको छ । यो जहाज इन्डोनेशियाको राजधानी जकार्ताबाट पंगकल गइरहेको थियो ।
राष्ट्रिय सर्च तथा राहत बचाउ एजेन्सीका प्रवक्ता युसूफ लतीफले भने जहाज समुन्द्ररमा खस्यो ।


इन्डोनेशियाको आपद एजेन्सीका प्रमुख सुतोपो पूर्वो नुगरोहोले जहाजका फोटा सामाजिक संजाल ट्वीटमा पोस्ट गरेका छन् । जुन फोटाहरु सुमन्द्ररमा तैरिरहेका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ ।
जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।

टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।
‘कोही जिवित छन् कि छैनन् भन्ने हामीले पत्ता लगाउन सकेका छैनौं,’ बिमान कम्पनीले पत्रकार सम्मेलन आयोजना गरेर भनेको छ, ‘प्रार्थना र आशा भने हामीले गरिरहेका छौं ।’