Bagmati Samachar Logo

कांग्रेसको केन्द्रीय समितिको बैठक नेविसंघको लफडाले स्थगित

१९ असोज ।
काठमाडौं ।नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
कांग्रेसका केन्द्रयि कार्यलयका मुख्यसचिव कृष्ण पौडेले भने ‘नेताहरुको कार्यव्यस्थताका कारण आज बस्ने बैठक स्थिगीत भएको हो । २२ गते बैठक बस्दै छ । ’
नेविसंघ विधानमा ३२ बर्षे उमेर हद राखेको छ । नेविसंघको एघारौं महाधिवेशन यहि उमेर हद लागु भएको हो ,तर अहिले किन कुरा उठेको हो आफुलाई केहि थाह नभएको नेपाली कांग्रेसका नेता गुरु घिमिरेले बताए ।
नेविसंघको विधानका कारण बैठक स्थिगीत भएको हो कि भनेर सोध्दा पौडेलले भने ‘यो कुरा होइन । नेताहरुको व्यस्थताका कारण आजको बैठक २२ गतेकालागि सारिएको हो ।’
नेविसंघका अध्यक्षले भने‘किन हो साथिहरु यो उमेर हदको विरोध गरीराखेका छन् मैले बुझेको छैन । जब कि ११ औ महाधिवेशन यहि विधान अनुसार भएको हो । अथवा भनौ ३२ बर्षे उमेरहदलाई मानेर । तर अहिलेको नयाँ विधानमा यो हटाएर आएको छ ।’
शुक्रबारको बैठक स्थगीत हुनमा आ आफ्नै दाबी रहेका छन् । एकथरी कांग्रेस नेताहरु नेविसंघको ३२ बर्षे उमेर हदले कांग्रेसमा प्रवेश पाउदा विवाद बढेको बताउछन् ।
यो उमेर हदको पक्षमा देउवा उभिएपछि अर्का विरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला जसरी पनि यो उमेर हद हटाउनु पर्छ भनेर लागेको देउवा निकट एक नेताले बताए । नेविसंघको विधान पार्टीको केन्द्रीय समितिले पास गर्नु पर्ने हुन्छ । यही विधान पास गर्नु भन्दा पहिला नै पार्टीमा दुई पक्षबीच विवाद बढेको छ ।