Bagmati Samachar Logo

राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते

काठमाडौं । २२ साउन । राजधानीको चुच्चेपाटीमा श्रीमति र छोरीलाई एक जनाले एसिड प्रहार गरेको छ । श्रीमानले श्रीमति र छोरीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

गत साउन ८ मा पनि काठमाडौँको सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो । अर्को केटा मन पराएको रौतहटका मोहमद आलमको निर्देशनमा उनका कामदार भारतीय नागरिक मुन्ना मोहमदले एसिड हानेका थिए ।