एमाले जनतासँग टाढिएको कुरा प्रतिवेदनले छर्लङ्ग पारेको छ : विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी जनतासँग टाढिएको कुरा प्रतिवेदनले छर्लङ्ग पारेको बताएका छन् ।
ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा पौडेलले पार्टीको जनतासँगको सम्बन्ध बिग्रिएको बताउँदै पुनर्स्थापनामा जोड दिनुपर्ने बताएका हुन् ।
‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलको प्रतिवेदन कार्यदलबाट सर्वसम्मत रूपमा पारित गरेर अध्यक्ष कमरेडलाई हस्तान्तरण गरेका छौँ’, पौडेलले भने, ‘त्यो कार्यदलको विषय कुनै लुकेको कुरा छैन, सबै विषय छर्लङ्ग छ । जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न बलियो संगठन निर्माण गर्नु पर्छ भन्ने विषयलाई पार्टीले अगाडि सारेको छ ।’
उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीको प्रतिवेदन ठीक ढंगले आएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: