सुरुङबाट उद्धार गरिएका कवीर महर्जनको अवस्था जटिल,आईसीयूमा उपचार हुँदै
काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङबाट आज जीवित उद्धार गरिएका दुईजनामध्ये एकजनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सञ्जय साहको अवस्था सामान्य छ भने कविर महर्जनको अवस्था जटिल छ ।
रसुवामा बाढी आएको १० दिनपछि सुरुङबाट आज उनीहरू दुवैको उद्धार गरिएको थियो । सुरूमा सञ्जय र त्यसपछि कवीरलाई निकालिएको हो । कवीरको अवस्था जटिल रहेकाले उनलाई तत्काली वीरेन्द्र सैनिक अस्पतालमा ल्याएर भर्ना गरिएको छ । उनको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सञ्जयको स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहानै उनीहरुको उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: