Bagmati Samachar Logo

मैले अतिरिक्त अधिकारको अभ्यास गरेको होइन : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको प्रष्ट पारेका छन् । विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि धेरै राखिएको भन्नेबारे प्रश्न उठेको भन्दै यसलाई विशेष परिस्थितिको रुपमा बुझ्न आग्रह गरे ।

चितवनको भरतपुरमा भोलिबाट पार्टीको पहिलो महाधिवेशन सुरु हुनु भन्दा पहिला हालको केन्द्रीय समितिको अन्तिम बैठकमा लामिछानेले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ । मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ ।’

साथै, उनले यो महाधिवेशनबाट ठूलो एकताको सन्देश दिनुपर्ने बताए । सभापतिलाई मनोनयन गर्ने अधिकार विधानसंशोधनबाट दिइएको छ ।