दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला, मतदान अझै सुरू भएन
काठमाडौं । दोलखामा लुटिएको ४५ वटा मतपत्र फेला परे पनि मतदान सुरु भएन । तामाकोशी गाउँपालिका(४ गोलेश्वर मावि मतदानस्थलमा मतपत्र लुटिएको थियो।
त्यसमध्ये ४५ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोजकुमार लामाले जानकारी दिए।
उनका अनुसार मतदानस्थलबाट ५४ वटा मतपत्र लुटिएको थियो।
अझै ९ वटा मतपत्रको खोजी भइरहेको छ।
मतपत्र नै लुटिएपछि त्यहाँ मतदान सुरू हुन सकेको छैन ।
त्यस ठाउँमा कर्मचारीमाथि समेत हातपात गरेपछि प्रहरीले हवाइफायर समेत गरेको थियो।
दोलखाको अन्य मतदानस्थलमा मतदान भइरहेका छन्। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म ४१.८९ प्रतिशत मतदान भएको छ।
प्रतिक्रिया दिनुहोस्: