Bagmati Samachar Logo

उत्कृष्ट खेलाडी बनेका रोहित पौडेलले पाए कार पुरस्कार, रुवेनले पाए ५ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ आज सम्पन्न भएको छ । एनपीएल सिजन– २ मा उत्कृष्ट खेलाडी रोहित पौडेल बने । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका पौडेलले उत्कृष्ट खेल प्रदर्शन गरेबापत कार पुरस्कार जितेका छन् ।

त्यस्तै, एनपीएल सिजन– २ मा लुम्बिनीका रुवेन ट्रम्पलम्यान सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी लुम्बिनीलाई च्याम्पियन बनाएका रुवेनले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताभर १५ विकेट लिनुका साथै ६५ रन बनाएका थिए ।

त्यस्तै, शेर मल्लले मोटरसाइकल पुरस्कार पाएका छन् ।