Bagmati Samachar Logo

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की

काठमाडौँ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको छ । कार्की नेपालको पहिलो महिला प्रधानन्याधीश पनि बनेकि थिइन् । कार्कीले पहिलो महिला प्रधानमन्त्री पनि बन्ने भएकी छिन् ।

जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।