Bagmati Samachar Logo

भदौ २३ र २४ को अप्रिय घटनाका तस्बिर, भिडिओ पठाइदिन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा यही भदौ २३ र २४ गते भएका घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन आग्रह गरेको छ।

प्रहरीले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

सूचनामा भनिएको छ, ‘यहि भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाइहरूसँग छ भने कृपया हामीलाई ९प्रहरी इमेल० मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं।’
पठाउनेको गोपनियता कायम रहने पनि प्रहरीले स्पष्ट पारेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा देशको मुख्य प्रशासनिक भवन सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतदेखि सरकारी कार्यालय, पार्टी कार्यालय व्यक्तिगत घर तथा व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी गरेर ध्वस्त पारिएको छ। सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश सभा र मन्त्रालयका भवन बाहेक सबै प्रदेशका सरकारी भवनहरु ध्वस्त भएका छन् ।

आन्दोलनमा हालसम्म गरी ५१ जनाको ज्यान गएको छ।