जेन जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो
काठामाडाैं । जेन जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।
यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।
ज्यान गुमाउनेमा ३ जना नेपाल प्रहरी, १ भारतीय नागरिक र बाँकि नेपाली युवा छन्।
प्रदर्शनको पहिलो दिन १९ जनाले ज्यान गुमाएका थिए । पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो।
यसैबीच जेन जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो।
घाइतेमध्ये अहिलेसम्म १ हजार ४६५ जना डिस्चार्ज भइसकेको मन्त्रालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्: