नयाँ सरकार सिंहदरबारबाटै चल्छ : मुख्यसचिव
काठमाडौं । नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने मुख्य सचिव एकनारायण अर्यालले बताएका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले उक्त कुरा बताएका हुन् । उनले भने, ‘जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको छ । सरकार सिंहदरबारबाटै चल्ने छ ।’
उनले नयाँ गठन हुने सरकार सिंहदरबारबाट नै संचालन हुने र भौतिक क्षति कम भएका ठाउँबाट सेवा सुचारु गर्ने बताए ।
उनले भने, ‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल पनि गर्यौँ। कति क्षति भएको छ, त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरू भइरहेको छ।’
सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुने र त्यो अनुसारको व्यवस्थापन गर्ने उनले बताएका छन् । उनले भने, ‘अभिलेखको क्षति कल्पनासमेत गर्न सकिँदैन। पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रूपमा आकलन गर्छौं।’
प्रतिक्रिया दिनुहोस्: