संसद् बैठक बस्नु अगाडि रास्वपाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । मंगलबार एमाले र कांग्रेस मिलेर उपसभामुख इन्दीरा रानामगरलाई पद अनुकुल आचरण नगरेको भन्दै हटाउन आ आफ्ना संसदीय दलमा सांसदहरुको हस्ताक्षर अभियान चलाएको थियो । तर अन्तिमा स्थगित गरेको छ । उपसभामुख रानामगर रास्वपा पार्टीको सांसद हुन् । रास्वपाले लामा समयदेखि भिजिट भिसामा गृहमन्त्रीले राजीनामा दिनु पर्ने माग राख्दै आएको ट ।
आज पनि संसद बैठक बस्दै छ । त्यस अगाडि एक रास्वपा छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् ।
संसद् बैठक अगाडि प्रत्येक दिन रास्वपा आन्तरिक छलफलमा जुट्छ । त्यसदिन के गर्ने, कसले के विषयमा बोल्ने तय गर्छ र सभामा जाने गर्दछ । यही अन्तर्गत आजको बैठक पनि बस्न लागेको अर्यालले बताए ।
रास्वपा संसदमा प्रतिपक्षमा छ तर उसलाई प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले संसद अवरुद्ध गर्ने कुरामा साथ दिएको छैन । तर प्रतिपक्षको बैठकमा रास्वपा पनि सामेल हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: