Bagmati Samachar Logo

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत निष्क्रिय भयो : महासचिव पोखरेल

काठमाडौ ।नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण स्वतः निष्क्रिय भएको बताएको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताएका हुन् ।

‘केन्द्रीय कमिटीले नै पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा अब प्रवेश गर्नै परेन ,’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन नहुने बैठकले निष्कर्ष निकालेको पनि बताए । उनले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भनेर हामीले निष्कर्ष निकालेका छौँ । अब सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भयो ।’