एमालेमा मलाई जिम्मेवारी दिने कुरामा केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूलाई के जिम्मेवारी दिने भन्ने बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।
मदन भण्डारी फाउन्डेशनमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै सभै भन्दा माथिल्लो निकाय भएकाले त्यसले नै निर्णय गर्ने बताइन् ।
एमालेमा आफू सक्रिय भइसकेको भन्दै भण्डारीले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे सोही कमिटीको बैठकले तय गर्ने प्रष्ट पारेकी हुन् ।
उनले एमालेको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्ततः दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भएता पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने बताइन् ।
१० औँ महाधिवेशनमा सहभागी नभएका धेरै नेताहरु केन्द्रीय कमिटीमा थपिएकाले उहाँहरुका बारेमा निर्णय गर्दा आफ्नो बारेमा पनि निर्णय गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्: