Bagmati Samachar Logo

ओलीले एमालेमा अब फलानो आउने भन्दै हल्ला चलाएको भन्दै आक्रोस पोखे

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब फलानो आउने भन्दै हल्ला चलाएको भन्दै आक्रोस पोखेका छन् ।

अनेरास्ववियुको २४औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनको घोषणा नहुँदै फलानो आउने रे भनेर हल्ला चलाउने, अन्र्तवार्ता दिने काम भएको बताए ।

ओलीले भने, ‘अहिले हल्ला चलको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’

अध्यक्ष ओलीले पार्टीको कुरा बाहिर गएर फेसबुकबाट वा अन्तर्वार्ताबाट पार्टीलाई खुइल्याउने काम भए बाह्य हमलाको रुपमा लिएर जवाफ दिने बताए ।

ओलीले भीम रावलले यसैगरी वर्षौंसम्म बाहिरबाट ढुंगा हानेको बताए ।