प्रतिपक्षको बैठक चलिरहदा प्रचण्डलाई ओलीको फोन
काठमाडौं । प्रतिपक्षी दलदहरूको बैठक चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन् ।
फोनमा ओलीले संसदको अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताएका छन् ।
‘प्रधानमन्त्रीज्यूले गृहमन्त्रीको संलग्नता छैन किन संसद रोकिराखेको भन्ने कुरा गर्नुभयो । जवाफमा प्रचण्डज्यूले गृहमन्त्रीलाई राजीनामा गराएर संसदलाई जानकारी गराउनु भन्नुभयो,’ बैठकमा सहभागी प्रभु साहले बताए ।
प्रतिक्रिया दिनुहोस्: