युवासंघमा थेबेको प्यानल नै विजयी (विवरण सहित)
काठमाडौँ । पोखरामा सम्पन्न नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा सुमन पुरीलाई १ सय ८८ मतले हराउँदै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन् ।
अन्य पदाधिकारीमा पनि थेबेको प्यानल नै विजयी भएको छ ।
सर्वसम्मतीको प्रयास असफल भएपछि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको हो । मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्: