माओवादीसँग पार्टी समायोजन गरेका गंगा श्रेष्ठले पाए सचिव
काडमाडाै । नेपाल समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले माओवादी केन्द्रसँग पार्टी समायोजन गरेका छन् । माओवादीसँग पार्टी समायोजन गरेका श्रेष्ठलाई केनद्रीय सचिव पद दिने निर्णय भएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
२०७२ सालमा संविधान जारी भएसँगै डा.बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । गंगानारायण श्रेष्ठले पनि माओवादी छोडेर भट्टराईसँगै लागेका थिए । भट्टराई लगायतले नयाँ शक्ति नामक पार्टी बनाएका थिए । तर उक्त पार्टी पनि विभिन्न पार्टीसँग एकता गदै विभाजन हुदै गयो ।
श्रेष्ठले भट्टराईलाई छोडेर अलगै बसे । महिन्द्र राय यादव अध्यक्ष र श्रेष्ठ सहअध्यक्ष भएर नेपाल समाजवादी पार्टीलाई निरन्तरता दिए । तर आइतबार उक्त पार्टी पनि विभाजन भयो । श्रेष्ठको संयोयकत्वमा पार्टी पुर्नगठन गरेर सोमबार माओवादीसँग संयोजन भएको छ ।
भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पनि एकता भयो । तर उक्त एकता पनि लामो समय टिक्न सकेन । नयाँ शक्ति पार्टीको टिम बाहिरीएर नेसपा बनाएका थिए ।
नेसपाबाट बाबुराम भट्टराईलाई निकालेर यादव र श्रेष्ठले नेसपा गठन गरे । जब कि भट्टराई सहितको पार्टी हुदा नेसपाका सबै नेताहरु निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट लडेका थिए । जसमा यादव , श्रेष्ठ निर्वाचित भएका थिए ।
माओवादी छाड्दा पोलिटव्युरो सदस्य रहेका श्रेष्ठले १० वर्ष पछि समायोजनमा आउदा सचिव पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: