गृहमन्त्री लेखकलाई राजीनामा दिन माओवादीको सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा विवादमा परेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ।
सोमबार सेको माओवादीको पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिन र छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
‘नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी रुपमा कुरा आइराखेको छ । कांग्रेसभित्रकाले पनि राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छ भने, राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’, बैठकपछि सापकोटाले भने, ‘ताकि पावर दुरुपयोग हुन नपाओस् । उहाँले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ ।’
बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्: