Bagmati Samachar Logo

भारत र पाकिस्तानबीच युद्धविराम उल्लंघन भएको भारतीय विदेश सचिवको दाबी

एजेन्सी
काठमाडौं । शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको केही घण्टापछि भारतीय विदेश सचिव विक्रम मिसरीले विशेष पत्रकार सम्मेलन गरेका छन्।

शनिबार राति करिब ११ बजे आयोजित यो पत्रकार सम्मेलनमा मिसरीले पाकिस्तानले युद्धविरामको उल्लंघन गरेको आरोप लगाए।

उनले भने, ‘पछिल्ला केही दिनदेखि जारी सैन्य कारबाहीलाई रोक्ने सम्झौता आज साँझ भएको थियो। तर, पछिल्ला केही घण्टादेखि पाकिस्तान तर्फबाट यो सम्झौताको गम्भीर उल्लंघन भइरहेको छ।’

‘भारतीय सेनाले जवाफी कारबाही गरिरहेको छ र यो सीमा अतिक्रमणसँग जुधिरहेको छ। यो अतिक्रमण अत्यन्तै निन्दनीय छ र यसको लागि पाकिस्तान जिम्मेवार छ ,’ मिसरीले थपे।

लगभग दुई मिनेट तीस सेकेन्ड लामो यो पत्रकार सम्मेलनमा मिसरीले भने, ‘हाम्रो विश्वास छ कि पाकिस्तानले यो अवस्थालाई राम्रोसँग बुझेर यो अतिक्रमण रोक्न तत्काल उचित कदम चाल्नुपर्छ।’

उनले भारतीय सेनाले यो अवस्थामाथि कडा निगरानी राखेको र कुनै पनि अतिक्रमणसँग जुध्न कठोर र ठोस कदम चाल्न आदेश दिइसकेको बताए।

यसअघि शनिबार साँझ करिब ५.३० बजे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविराममा सहमति भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए।

त्यसपछि भारतीय विदेश सचिव मिसरीले पनि यो जानकारी दिँदै भनेका थिए, ‘दुवै पक्षबीच भारतीय समयअनुसार साँझ ५ बजेदेखि सबै प्रकारका गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको छ।