Bagmati Samachar Logo

नेकपा एस निकट युवा संघको संयोजक रोशन थापा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले युवा संघ नेपालको संयोजक रोशन थापालाई तोकेको छ ।

पार्टीले शनिबार जारी गरेको विज्ञप्ती बमोजिम नुवाकोटका थापालाई संयोजक तोकेको जानकारी युवा संघ इन्चार्ज तथा पोलिटव्युरो लक्ष्मण केसीले जनाएका छन् ।

थापाको नेतृत्वमा गठित आयोजक समितिलाई पूर्णता दिन धर्म शाही,संजिव राई,नरेश गिरी,प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेको कार्यदल गठन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसअघिका अध्यक्ष कृष्ण विश्वकर्मालाई पार्टीले अपानीमार्फत नै हटाएको थियो ।

अधिवेशन भदौमा काठमाडौंमा हुने जानकारी दिएको छ ।