शिक्षा, निजामति सेवा र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा
काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक र निजामती विधेयक र भूमिसम्बन्धी विधेयकलाई चालु अधिवेशनबाटै पारित गरिने भएको छ ।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले
आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्यालय शिक्षा विधेयक,निजामती विधेयक र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गर्ने जानकारी दिए ।
सरकारले जारी बजेट अधिवेशनबाटै ३ वटा विधेयक पारित गर्ने ग्यारेन्टी गरेको छ । सरकारले शिक्षक महासङ्घसँग ९ बुँदे सहमतिसँगै सरकार र गठबन्धन दलहरूले आउँदो असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका थिए । निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ ।
त्यस्तै भूमि विधेयक पनि जारी अधिवेशनबाटै पारित गर्ने नीति कार्यक्रममा घोषणा गरिएको छ । सरकारले यसअघि भूमि अध्यादेश जारी गरेकोमा सत्ता घटक दलहरूबिच सहमति नजुट्दा निष्क्रिय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: