झापा पुगेर जनार्दन र बर्षमानलाई दायाँबायाँ लगाएर प्रचण्डले मर्निङवाक गरे
काठमाडौ । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट एक महिने तराई मधेस जागरण अभियान सुरू गर्दै छ । अभियानकाेलागि झापा पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीले साेमबार मर्निङवाक गरेका छन् ।
मर्निङवाकका क्रममा प्रचण्डले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई दायाँबायाँ राखेका थिए । सोही क्रममा फोटो पनि खिचाए । सँगै शक्ति बस्नेत पनि छन् । तस्बिरमा अग्नि सापकोटासहितका नेताहरू पनि पछाडि देखिन्छन् ।
आइतबार राति नेताहरू कार्यकर्ता र सर्वसाधारणको घरमा बसे, त्यहीं खाना आए । अभियान अवधिभर कोही पनि होटलमा नबस्ने नीति अन्तर्गत स्थानीयको घरघरमा बास बसेको माओवादी केन्द्र झापाका इन्चार्ज रञ्जित तामाङले बताए ।
प्रचण्डसहित माओवादी नेताहरुले सोमबार बिहान मर्निङवाक गरे । गत असारमा प्रधानमन्त्रीबाट बाहिरिएपछि देश दौडाहा थालेका प्रचण्ड प्रायः नेताहरूलाई लिएर मर्निङवाकमा निस्कन्छन् ।
सोमबार प्रचण्डको टोलीले पृथ्वीनगरको सगरमाथा सगरमाथा चोकदेखि किच्चक बध हुँदै स्थानीय चारआलीबाट पुनः सगरमाथा चोकसम्म मर्निङवाक गरे । स्थानीयले नेताहरूलाई स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: