माओवादीका चार प्रदेश इन्चार्ज फेरिए, मधेशमा मातृका र बागमतीमा हितमान शाक्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गरेको छ । माओवादीको पदाधिकारी बैठकले सोमबार चारवटा प्रदेश इन्चार्ज फेरबदल गरेको छ ।
मधेश प्रदेशको जिम्मेवारी उपमहासचिव मातृकाप्रसाद यादवलाई दिइएको छ । विशेष प्रदेशमा भने स्थायी समिति सदस्य जयपुरी घर्तीलाई जिम्मेवारी तोकेको छ । बागमतीमा अग्नि सापकोटालाई हटाएर हितमान शाक्यलाई इन्चार्ज बनाइएको छ । अन्य प्रदेशमा भने यथावत् नै राखिएको उपमहासचिव हरिबोल गजुरलेले बताए । उपत्यका प्रदेशमा लीलामणि पोखरेललाई दिने तयारी भएको छ ।
नेताहरूको कार्यविभाजन
कोशी
हरिबोल गजुरेल
मधेश
मातृका यादव
बागमती
हितमान शाक्य
गण्डकी
दीनानाथ शर्मा
लुम्बिनी
चक्रपाणि खनाल
कर्णाली
कालीबहादुर मल्ल
सुदूरपश्चिम
गिरिराजमणि पोखरेल
विशेष प्रदेशमा
जयपुरी घर्ती
प्रतिक्रिया दिनुहोस्: