Bagmati Samachar Logo

क्रान्तिकारीमा कसले कति मत पाए (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्र भातृ संगठन अखिल क्रान्तिकारीले चुनावबाट नेतृत्व चयन गरेको छ । २३ औँ राष्ट्रिय सम्मेलनमा चुनावबाट नेतृत्व चयन गरेको छ । यहि १२ गते माघमा भएको चुनावको मत परिणाम बुधबार मात्र सार्वजनिक भएको छ ।

असोजमा सुरु भएको क्रान्तिकारीको सम्मेलन बल्ल तल्ल माघमा सकिएको छ । माघमा सकिएको सम्मेदलनमा नेतृत्व चयनका लागि भएको चुनावमा उपमहासचिव जनार्दन शर्मा पक्षको बहुमत आएको छ । शर्माले अध्यक्ष प्रचण्डलाई चुनौती दिँदै आएका थिए । विद्यार्थीको चुनावबाट थप धक्का दिएका छन् । अझ बहुमत पार्टीका पदाधिकारी एक तर्फ मिलेर जादा पनि शर्मा एक्लैले विद्यार्थीको चुनावमा बहुमत ल्याएका छन् ,

चुनावमा हेडक्वार्टरनिकट भनेर प्रचार गरिएका अध्यक्ष विजय सापकोटा बाहेक अधिकांश पदाधिकारी पराजित भएका छन् । उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवमा शर्मापक्षले धेरै सिट जितेको छ । उपाध्यक्षमा ममता अधिकारी, अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार, अभिमन्यु यादव र उमेश कंडेल निर्वाचित भएका छन् । यीमध्ये अधिकारी, पुन, सुनार, यादव र कँडेल शर्मापक्षका हुन् । यस्तै आचार्य प्रचण्डनिकट हुन् । ढकाल, जैशी र थापा स्वतन्त्र हुन् ।

महासचिवमा शर्मापक्षका रोशन थापामगर, ९ उपमहासचिवमध्ये सात, ११ सचिवमध्ये ६ जना र एक कोषाध्यक्ष निर्वाचित भएका छन् । यसरी हेर्दा पार्टीमा एकल्याइँदा पनि प्रचण्डलाई चुनौती दिइरहेका शर्माले क्रान्तिकारीको चुनावबाट थप शक्ति आर्जन गरेको देखिएको छ ।