Bagmati Samachar Logo

माओवादी बैठकमा जनार्दनको प्रस्ताव– पदाधिकारीहरूको सम्पत्ति छानबिन गराैँ

काठमाडौ  । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

काठमाडाैंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उपमहासचिव शर्माले पदाधिकारीहरूको सम्पत्ति छानबिन गरेर गल्ती गरेकाहरूले कारबाही भाेग्नुपर्ने बताए ।

उनले भने, ‘पदाधिकारीहरूकाे सम्पत्तिकाे छानबिन गराैँ, गल्ती भए कारबाही भाेगाैँ र नैतिक रूपमा बलियाे बनाैँ ।’

शर्माले क्रान्तिकारी दिशातिरकाे यात्रालाई समर्थन गर्ने बताउँदै भावना र विचारबिना  पार्टी नहुने बताए ।  आजसम्म माओवादीहरू पुँजीवादी छायामा रहेकाे पनि शर्माले बताए ।

उनले पार्टीलाई बलियो बनाउन एकता र ध्रुवीकरण गरेर जानुपर्ने बताए । उनले विधानअनुसार महाधिवेशनमा जानुपर्ने बताए ।