Bagmati Samachar Logo

प्रचण्ड नै माओवादीको बिगत बर्तमान र भबिष्य हो : रन्जित तामाङ

काठमाडौ  । माओवादीकाे प्रचण्डनै बिगत बर्तमान र भबिष्य भएकाे बताएका छन् ।

उनले चनेका छन्, अहिलेका पदाधिकारी मध्ये केहि आश लाग्दा नेताहरु हुनुहुन्छ, । जसको पासपोर्ट साईजको फोटोको पनि कार्यकर्तालाई हेक्का छ । तर उहाँहरुमा धैर्यता हुनुपर्यो ।

जनउत्साहलाई ध्यान दिदै ६ महिना अभियान चलाउ, पार्टीमा उत्साह थपेर,थप जनसमर्थन जुटाउदै फर्केर
सिधै महाधिबेशनको तयारीमा गर्नु आजको आवश्यकता भएकाे बताएका छन् । उनले अहिले ब्याप्त भ्रष्ट्राचारका बिरुद्ध देश एकताबद्ध हुन्छ,यो एजेण्डामा जनता जुट्ने छन् । हाम्रो नेतृत्वको सरकारले चलाएको सुसासनको अभियान नै अहिलेको मुख्य एजेण्डा बनाउनु पर्ने बताए ।

महाधिबेसनबाट बिचार शश्लेषण र
संगठनात्मक निर्णय सहति एकताबद्ध पार्टी बनाई
कार्यकारी राष्ट्रपतिको एजेण्डा सहित कमरेड अध्यक्ष प्रचण्डको नेतृत्वमा दुईतिहाई मतका लागि ०८४ को चुनावी तयारीमा जुट्नु पर्ने बताएमा छन् ।

उनले भनेका छन्, कुरा ०६४ मा फर्किने छ, त्यता फर्किन त्यस बेलाको झै एकता र केन्द्रीकरण जरुरी छ । जुन प्रचण्ड काे नेतृत्वमा सम्भव छ।

पार्टीमा सम्पत्ति बिबरण बुझाउने कुरा ठिक छ,तर गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोसी करार गरेकालाई हामी संगै राखेर बिबरण माग्नु पनि ठिक नभएकाे बताए ।
दण्डहिनताको मुखदर्शक र गुटहरुको साक्षि बस्न बन्द नगर्दा सम्म ”बिधि एक गफ सिवाय केहि नहुने बताए ।

युवाहरुको भर्ती खोलि पार्टी निमार्णमा अवसर दिनु पर्ने बताए । उनले भने, युवाहरुलाई निरास बनाएर पाट्रीमा उत्साह आउदैन । उमेरहदका कारण बिदा हुने बिद्यार्थीहरुलाई सबैतहमा प्राथमिकताका साथ यहिबाट न्यायोचित निर्णय गरेर जाउ ।क्षमता,योग्यता र आवश्यकताका आधारमा कार्यबिभाजन गरी एक केस,एक ठोस कार्यक्षेत्र तोकौ ।
१० बर्ष भन्दा बढी एउटै जिम्मेवारी रही परिणाम नदेखाएकाहरुको कार्यक्षेत्र हेरफेर गर्न पनि सुझाव दिएका छन् ।

बिधुत प्राधिकरणका एमडि कुलमान घिसिङ लाई सरकारले हटाए तत्काल सरकार बिरुद्ध सडक संघर्षमा जानु पर्ने बताए।