Bagmati Samachar Logo

हेटौंडा– १२ को मतगणना सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार भएको वडाअध्यक्षको मतगणना कार्य सुरु भएको छ । हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मतगणना कार्य सुरु गरिएको हो ।

राति ९ बजेदेखि सुरु गर्ने भनिएको मतगणना कार्य व्यवस्थापनका कारण आधा घण्टा ढिला गरी सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

एक वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५ हजार ४८४ मत खसेको थियो ।