Bagmati Samachar Logo

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका पुन विजयी

काठमाडौं । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन् ।

नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।

जम्मा १९०० मतमध्ये १२९७ खसेकोमा २१ मत बदर भएको हो ।