केपी ओली र शंकर पोखेरेलको मानहानि गरेको भन्दै एमालेका प्रदेश सांसद साधारण सदस्यबाटै निलम्बित
काठमाडौं । केपी ओली र शंकर पोखेरेलको मानहानि गरेको भन्दै एमालेका प्रदेश सांसद साधारण सदस्यबाटै निलम्बित गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलको मानहानि हुनेगरी सामाजिक सञ्जालमा गतिविधि गरेको भन्दै नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ ।
सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइसकेको छ । यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताएपनि चौधरीले सानो विषयलाई अनावश्यक बाहिर ल्याइएको बताए ।
पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको जनाइएको छ ।
पूर्वमन्त्रीसमेत रहेको चौधरी बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । चौधरी माओवादी पृष्ठभूमिबाट एमाले आएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्: