प्रधानमन्त्री ओलीका पछिल्ला कदमले देखाउछ सरकार भ्रष्टाचारीको पक्षमा छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पछिल्ला कदमले उ भ्रष्टाचारी जोगाउन लागेको छ भन्ने देखाएको बताए ।
पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित भएको बताए ।
उनले भने, सरकारको सय दिन पुगेको छ, सरकार गठनहुँदा नै हामीले जे आशंका गरेका थियौं, सय दिनको बीचमा त्यसलाई नै पुष्टि गर्ने काम गरेको छ। विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’
प्रधानमन्त्रीले विवादित व्यवसायीबाट जग्गा दान लिनेसम्मको अवस्थाले यो सरकार भ्रष्टाचारीको पक्षमा छ भन्ने पुष्टि भएको उनको भनाइ छ।
सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाट समेत आवाज उठाउन कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौंमा खबरदारी सभा गर्न लागेको बताए।
प्रतिक्रिया दिनुहोस्: