Bagmati Samachar Logo

पार्टी फुट्ने हल्लामा सत्यता छैन : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको बताएका छन् । नेपालले यस्तो हल्लाको पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै हाम्रो पार्टी विभाजनको हल्ला चलाएको हो, उक्त हल्ला सत्य नभएकाले यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई भनेका हुन् ।

‘अध्यक्ष नेपालको भनाइ भन्दै एक सदस्यले भने, ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु ।’

बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी छन् ।