उपसभामुखले संवैधानिक परिषदमा उठाइन् आफ्नो विषय
काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफ्नो बारेमा सत्तागठबन्धनले लगाएको आरोपका बारेमा संवैधानिक परिषद बैठकमा कुरा उठाएकी छिन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषदको बैठक बोलाएका थिए । बैठकमा उपसभामुख राना मगर पनि उपस्थित थिइन् । उनी पनि परिषद सदस्य हुन् ।
बैठकमा उनले आफ्नो बारेमा गठबन्धनले उठाएको विषयका बारेमा कुरा गरेकी थिइन् । बालबालिकाको क्षेत्रमा काम गरेको आफ्नो अन्तर्राष्ट्रिय छवि भएको बताइन् ।
आफूलाई अहिले आएर अनावश्यक विवादमा तान्न खोजिएको भन्दै उनले भनिन्, ‘वास्तवमा त्यो चिठ्ठी दूतावासमा गएको छैन, मान्छे पनि गएको छैन । त्यसलाई नै लिएर यस्तो आयो भनेर बैठक बैठकमा राखें ।’
जवाफमा परिषद अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। ‘उहाँले तपाईं संवैधानिक परिषद सदस्य हो, त्यो बजार हल्लाको कुरा नगरौं भन्नुभयो’ राना मगरले भनिन् ।
राना मगरले असम्बन्धित मानिसको भिसा अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई करिब १८ महिना अगाडि लेखेको पत्र सार्वजनिक भएको छ। यसलाई लिएर सत्तारुढ कांग्रेस र एमालेले राजीनामा गर्न दबाब दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: